‘राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर स्थापना भएको यस न्युज पोर्टलले जनताको वाक तथा अभिव्यक्ति स्वतन्त्रतामा थप टेवा पुर्याउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री दाहालले शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘वर्तमान सरकार सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न समेत प्रतिबद्ध रहेको म जानकारी गराउँदछु ।’
प्रदेश खबरले सुरुआत गरेको समाचार सम्प्रेषणप्रति आफूले उच्च प्रशंसा गरेको उनले शुभकामना वक्तव्यमा उल्लेख गरेका छन् ।
एक वर्षअघि स्थापना भएको प्रदेश खबरले कोशी प्रदेशसहित अन्य प्रदेशका खबरलाई प्राथमिकतामा राखेर सत्य, तथ्य र निष्पक्ष रही समाचार सम्प्रेषण गर्दै आएको छ ।
प्रतिक्रिया