‘सत्यतथ्य समाचार प्रवाह गर्न आवश्यक’

सोमबार, ०७ फागुन २०८०
इटहरी - नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबर डट कम न्यूज पोर्टलको प्रथम वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ, विज्ञापन बोर्डसहित विभिन्न पेशागत संस्थाहरूले शुभकामना प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँ, अनलाइन पत्रकार संघका अध्यक्ष डिल्लीप्रसाद सापकोटा, राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ, इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का अध्यक्ष रोयल अचार्य लगायतले शुभकामना व्यक्त गर्दै नागरिकको सूचनाको अधिकारलाई सुरक्षित गर्दै सत्यतथ्य समाचार प्रवाह गर्नुपर्ने बताएका हुन् । समाज रूपान्तरणको दिशामा जिम्मेवार भूमिका निर्वाह गरेको पाइनु प्रशंसनीय कार्य रहेको शुभकामना सन्देशमा उल्लेख छ । एक वर्षअघि स्थापना भएको प्रदेश खबरले कोशी प्रदेशसहित अन्य प्रदेशका खबरलाई प्राथमिकतामा राखेर सत्य, तथ्य र निष्पक्ष रही समाचार सम्प्रेषण गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार