उच्च हिमाली भेगमा हिमपात

विहीबार, ०८ चैत्र २०८०
ताप्लेजुङ / उच्च हिमाली भेगमा हिमपात भएको छ । मंगलबार रातिदेखि सुरु भएको वर्षासँगै ताप्लेजुङ लगायतका उच्च हिमाली भेगमा हिमपात भएको हो ।
उच्च हिमाली भेग अन्तर्गत रहेको बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोला सहितका क्षेत्रमा हिमपात भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुंगेलीका अनुसार घुन्सामा आधा फिटभन्दा कम अर्थात चार इन्च जति हिउँ परेको छ ।
उनले फले, याङमा र ओलाङ्चुङगोला बस्तीसम्म नै सामान्य हिमपात भएको जानकारी दिए ।
हिमाली भेगका बस्तीहरूमा बुधवार अपराह्नदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।
फलेकी स्थानीय फुटी शेर्पाका अनुसार अपराह्नदेखि सुरु भएको हिमपात बिहीबार पनि हिउँ परिरहेको छ ।
बस्तीसम्म नै सामान्य हिउँ परेपछि चिसो निकै बढेको शेर्पाले बताए । बस्ती नजिक माथिल्लो भेगका डाँडाहरूमा सेताम्मे हिउँ परेको छ ।
त्यस्तै इलामको माथिल्लो क्षेत्रमा समेत बुधवार बेलुका देखी नै हिउँ झरेको छ ।
सन्दकपुर, जौवारि लगायतका क्षेत्रमा हिमपात भएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार