सिरहामा १० मिनेट नवित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

शुक्रबार, १६ चैत्र २०८०
सिरहा । सिरहामा परिक्षा संचालन भएको १० मिनेट नवितिदै एसईई परिक्षाको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ। परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो। निजि विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो। त्यहाँबाट तस्बिर खिचेर सामाजिक सञ्जाल ह्वाटसअप मार्फत छ्यापछ्याप्ती बनाइएको छ। परीक्षा हल वरिपरी फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरु सकृयरूपमा बसेका छन्। सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र सामाजिक संजाल मार्फत निजी विद्यालयहरुको हात हातमा पुगेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार