इटहरीका बेकरी उद्योग र पसलमा उपमहानगरको छापा, एक उद्योगमा लगाइयो ताला

सोमबार, ३१ बैशाख २०८१
इटहरी । इटहरीको बजार अनुगमनमा लेबल नराखी बेकरीजन्य सामाग्रीहरू उत्पादन गर्ने गरेको भेटिएको छ । लेबल नराखी बेकरीजन्य सामाग्री उत्पादन गर्ने एक उद्योगमा उपमहानगरले ताला लगाएको छ । सोमबार इटहरी उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा बेकरी उद्योगहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा लेबल नगरिएका अव्यवस्थित ढङ्गले बिक्रीका लागि राखिएको पाउरोटी भेटिएको थियो । इटहरी–६ मा रहेको न्यु मोर्डन पाउरोटी उद्योगले विना लेबल बेकरी सामाग्रीहरू विक्री गरेको भेटिएपछि उपमहानगरले सो पसलमा ताला लगाई दिएको हो । न्यु मोर्डन पाउरोटी उद्योग इटहरी–६ ,ओम श्री गुरु पाउरोटी उद्योग इटहरी–६ , विष्णु पाउरोटी उद्योग इटहरी–९, मयुर बेकरी एन्ड केक सप इटहरी–९ , सुशीला किराना पसल इटहरी–९ र सुरेन्द्र मार्केटिङ इटहरी–६ गरी ६ वटा बेकरी उद्योगहरूमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा एक वटा उद्योगमा ताला लगाइएको र चार वटा उद्योगहरूलाई कागज पत्रसहित उपस्थित हुन निर्देशन दिइएको इटहरी उपमहानगरपालिका सूचना अधिकृत ओसन चौधरीले बताए । बजार अनुगमनका क्रममा भेटिएका ५० थान बेकरीहरू नष्ट गरिएको अधिकृत चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार