अत्यधिक गर्मी बढेपछि इटहरीका विद्यालय दुई दिन बन्द  

बुधबार, १६ जेठ २०८१
इटहरी । अत्यधिक गर्मी बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । बुधवार एक सूचना जारी गर्दै इटहरी उपमहानगरभित्र सञ्चालित संस्थागत,सामुदायिक , धार्मिक तथा सामुदायिक सिकाई केन्द्रहरूमा जेठ १७ र १८ गते २ दिन बिदा हुने जानकारी दिइएको हो । अत्यधिक गर्मीका कारण विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ सृजना भएको कारण बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ । पढ्नुहोस् सूचना इटहरीको तापक्रम अहिले ३८ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन समेत कष्टकर बनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार