काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई प्रहरीले सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिनअघिपक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।
कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् ।
लामाले पत्रकारहरुसँग आफुमाथि झुटो आरोप लागेको बताए । उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्गपार्ने बताए ।
उनले भने,‘मास्क खोलि दिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नुप¥यो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहीँ मैंले न्याय पाउँछु जस्तो लागेको छ । मलाई आश छ तपाईहरुले सत्य तथ्य समाचार सम्पे्रषण गरेर मलाई न्याय दिनुहुन्छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्गपार्छ ।’
केन्द्रीय अनुसन्धान ब्युरोले उनी माथि अनुसन्धान गरिरहेको छ । कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको मागदिएर लामा विरुद्धउजुरी हालेका छन् ।
यो थपिने क्रममा छ । त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्ध समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । पशुपति सेभिङ विरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी रहेको छ
प्रतिक्रिया