विराटनगरमा ३९ वर्षीय पुरुषले पेट्रोल खन्याएर लगाए शरीरमा आगो , अवस्था गम्भीर

बुधबार, २३ जेठ २०८१
विराटनगर । विराटनगरका एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् । शरीरमा आगो लगाएका विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार विराटनगर–७ हरियाली टोलमा कामतले मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । आगोले उनको शरीरको लगभग ७० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । कामतको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । केही समयदेखि पारिवारिक तनावमा रहेका कामतको केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ । डीएसपी बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएकाले अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार