इटहरीमा खेतमा काम गर्दा गर्दै लडेका २५ वर्षीय राईको मृत्यु

शुक्रबार, १४ असार २०८१
इटहरी । इटहरीमा खेतमा काम गर्दा गर्दै १ जनाको मृत्यु भएको छ । इटहरी ५ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय नजिकै खेतमा काम गर्दा गर्दै २५ वर्ष वर्षीय द्रोण बहादुर राईको मृत्यु भएको हो । शुक्रवार दिउसो १ बजे घोप्टो परेर हिलोमा लडेको अवस्थामा मानिस खेतमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरीको टोली खटिएको थियो । "लडेको र उठ्न नसकी सोही स्थानमा मृत्यु भएको देखिन्छ , के भएर लडेको हो पोस्टमार्टम पछि रिपोर्ट आउँछ" इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर तथा सूचना अधिकारी शम्भु बस्नेतले भने । मृतक राईको शव पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको  बस्नेतले बताए । मृतक राई आफ्नो परिवारसँग इटहरी ५ मा डेरा बस्दै आएका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार