फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा, जर्मनी र पोर्चुगल पराजित

शनिबार, २२ असार २०८१
विराटनगर / फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । जर्मनीको ह्यामबर्गमा गएराती भएको क्वाटर फाइनलमा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुट आउटमा हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पोर्चुगलका जो आओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कँदा गोल हुन सकेन । फ्रान्स ५–३ ले विजयी भयो । अब फाइनलमा पुग्न फ्रान्सले स्पेनसँग खेल्नेछ । गएराती भएको पहिलो क्वाटर फाइनलमा घरेलु टोली जर्मनीलाई २–१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको अन्तिमतिर स्पेनले विजयी गोल गर्‍यो । स्पेनमा मिकेल मेरिनो र ड्यानी ओल्मोले गोल गरे । जर्मनीका फ्लोरियन विट्र्जले एक गोल गरे । युरोकप क्वाटर फाइनलमा आज इङ्ग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्की खेल्दैछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार