‘मेरो नेतृत्वमा २०७९ पुस ११ मा गठित सरकारमा सहभागी दलमध्ये एक दलले समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय २०८१ असार २८ मा प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ।’एमालेले मात्र समर्थन फिर्ता लिएकोमा प्रधानमन्त्रीले पत्र पठाइसकेपछि संसद्मा ७ सिट भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिएको छ। दाहालको पक्षमा अब माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० गरी ६३ जना सांसद मात्र छन्। उनलाई समर्थन गरेका जनमत (६ सांसद) र नागरिक उन्मुक्ति (४ सांसद) ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नलिए पनि समर्थन नगर्ने बताइसकेका छन्। संसद्मा विश्वासको मत प्राप्त गर्न १३७ सांसदको समर्थन आवश्यक पर्छ। पछिल्लोपल्ट प्रधानमन्त्री बनेयता दाहालले प्रतिनिधि सभाबाट २०७९ पुस २६ मा २७० सांसदमध्ये २६८ मत, दोस्रो पटक २०७९ चैत ६ मा २६२ सांसदमध्ये १७२, तेस्रो पटक २०८० फागुनमा उपस्थित २६८ सांसदमध्ये १५७ जनाको मत पाएका थिए। चौथो पटक २०८१ जेठ ७ मा १५८ मध्ये १५७ सांसदको साथ पाए। अब भने उनले विश्वासको मत नपाउने निश्चित छ।
प्रतिक्रिया