झापा / झापामा पानीमा डुबेर एकजनाको ज्यान गएको छ । झापाको बिर्तामोडमा पानीमा डुबेर बिर्तामोड नगरपालिका १० ईलामेली टोल बस्ने ३५ बर्षका सुनिल मुर्मुको ज्यान गएको जिल्ल प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
आज दिउँसो पानै ३ बजेतिर बिर्तामोड नगरपालिका वडा नम्बर १० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मुको घरनजिकै रहेको पैनीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले देखेर जानकारी गराएपछि तत्कालै ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट खटि गएको प्रहरीको टोलीले मुर्मुलाई मृत अबस्थामा फेला परेको थियो ।
घटनाका बिषयमा थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ । यसैबिच, झापामा गएरातिदेखी निरन्तर बर्षा भईरहेको छ । निरन्तरको बर्षाले झापाका ठुला नदिहरु मेची, निन्दा, बिरिङ, कमल, कनकाई, रतुवा लगायतका नदिहरुमा पानीको बहाब बढेको छ । नदि तटीय क्षेत्रमा बसोबास गर्नहरुलाई उच्च सतर्कता अपनाउन झापा प्रशासनले आग्रह समेत गरेको छ ।
प्रतिक्रिया