कर्मचारीको दुर्घटनामा मृत्यु भएपछि बेलबारी नगरपालिकामा शोक बिदा

शुक्रबार, १२ फागुन २०७९
बेलबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका १० डाँसखोलानजिक भएको सवारी दुर्घटनामा परी बेलबारी नगरपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक ३० वर्षीय दमक नगरपालिका – ४ कृष्णमन्दिर घर भएका विशाल सिटौलाको मृत्यु भएपछि बेलबारी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख गणेशराज कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नगरमा नगर अस्पताल र राष्ट्रिय हात्तीपाईले अभियान बाहेकका सबै सेवा बन्द गरिने जनाईएको छ । उनको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा बिहिबार बुलुका मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।   अफिसको काम सकेर मे ७ प ७५४२ नम्बरको मोटसाइकलमा सवार सिटौलालाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ४१७१ नम्बरको पिकअप भेनले ठक्कर दिएको थियो । भनेको ठक्करबाट गम्भीर घाइते भएका सिटौलाको उपचारको क्रममा मृत्यु भएको हो । पिकअपका चालक फरार रहेका छन् । उनको खोजी कार्य प्रहरीले तीब्र बनाएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार