फागुन ११ गतेबाट सुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ । एक सय २३ स्टल अवलोकन गर्न सकिने एक्स्पोमा रैथाने, नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका उत्पादनबारे जानकारी लिन र खरिद गर्न सकिनेछ ।
त्यसबाहेक बाल उद्यम, मनोरञ्जन, सेल्फी जोन, खानाका परिकार र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न पाइनेछ ।
यी स्थानबाट उपलब्ध छन् निःशुल्क बस सेवा
चतरा बस स्ट्यान्ड – दिउँसो २ः३० बजे
पानमारा स्कुल डाँडा – दिउँसो २ः३० बजे
वरगाछी (रानी पेट्रोल पम्प) – दिउँसो १ः३० बजे
बगरकोट पारी (सेउती पुल)– दिउँसो १ बजे
मंगलबारे चोक – दिउँसो २ः३० बजे
प्रतिक्रिया