महोत्सव परिसरमा रहेको स्टलहरुबाट अष्ट्रेलिया,युएसए, क्यानडा, न्युजिल्याण्ड, युके, जापान लगायतका देशहरुमा रहेकाा विश्वविद्याालयहरुका बारेमा जानकारी गराउने काम भइरहेको इक्यान झापाका अतिरिक्त विभाग प्रमुख एवम् विर्ता सिटी कन्सल्टेन्सीका अनिल सापकोटाले बताए । महोत्सव स्थलमा बोस्न, रोहिनी, बिर्ता सिटी, केआईसी, ग्लोबल टच लगायतका कन्सल्टेन्सीहरुले स्टल राखेर विद्यार्थी तथा अभिभावकहरुलाई शैक्षिक परामर्श दिइरहेका छन् ।
महाोत्सवलाई अझ व्याापक बनाउदैं ब्यपारसंगै शैक्षिक क्षेत्रको जानकारी गराउने उद्धेश्यले पहिलो पटक स्टल राखेर परामर्श दिने काम भइरहेको बताइएको छ । शैक्षिक परामर्शको स्टलहरुमा युवा उमेश समुहका मानिसहरुको आकर्षण धेरै हरेको जनाइएको छ । शैक्षिक क्षेत्रको जाानकारी एकै थलोबाट दिने उद्धेश्यले इक्यान झापाको पहलमा विभिन्न कन्सल्टेन्सीहरुले स्टलहरु राखेका हुन् ।
उच्च शिक्षा अध्ययन गर्नका लागि नेपाल तथा विदेशका विश्वविद्यालयहरुको जानकारी गराउदैं आएका कन्सल्टेन्सीहरुले महोत्सव परिसरमा स्टल राखेर बिर्ताामोडको विविधतालाई अझ फरााकिलाो पार्ने काम गरेको बिर्तामोड उद्योग वााणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
महोत्सवमा घुम्न आउनेहरुले केही न केही ज्ञान लिने अवसर कन्सल्टेन्सीहरुले प्रदान गरेको भन्दै अन्य व्याापारसंगै शैक्षिक क्षेत्रकाा विषयमा जानकारी पााउने सुनौलो अवसर बिर्ताामोड अन्तरााष्ट्रिय ब्यापार महोत्सवले जुरााएको महोत्सव मुल आयाोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । उनले महोत्सव स्थलमा सहभागि बनेका विद्यार्थी तथा अभिभावकलाई थोरै समय छुट्टियाएर शैक्षिक परामर्शका विषयमा जानकारी लिन समेत सबैलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया