पाँचथर:आगलागीमा परी दुई बालकको ज्यान गयो

शनिबार, १३ फागुन २०७९
पाँचथर ।  पाँचथरमा आगलागीमा परी दुई बालकको ज्यान गएको छ ।  जिल्लाको हिलियाङ–७ मा आगलागीमा परेर दुई बालकको ज्यान  गएको छ । अभिभावक घर बाहिर रहेका समयमा आगलागी हुँदा दुई जना बालहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । आगलागीमा परेर ५ वर्षीय सेसेयाङ सन्दक र ४ वर्षीय निशान खातीको मृत्यु भएको डिएसपी हरि खतिवडाले जानकारी दिएका छन्   । फिदिम घर भएका खाती मामाघर आएको बेला सो घटना भएको खतिवडाको भनाई छ । करिब दिउँसो साढे ४ बजेतिर घरमा आगलागी भएको डिएसपी खतिवडाले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार