ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्र रेग्मी

विहीबार, १० साउन २०८१
काठमाडौं / ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र रेग्मी नियुक्त हुनुभएको छ। बैंकको आज बसेको सञ्चालक समिति बैठकले उहाँलाई सीईओमा नियुक्त गरेको हो। रेग्मीले भदौ १ गतेबाट कार्यभार सम्हाल्नु हुनेछ। बैंकिंङ क्षेत्रमा ३५वर्ष  अनुभव भएका उहाँले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसक्नुभएको छ । राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेका उहाँले ग्लाेबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा संचालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रहेर नेतृत्व गरिसक्नुभएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार