जुम्लाको स्याउ असाध्यै मिठो रहेछ उहाँले भन्नुभयो – फुजीको स्थाउ भन्दा ५० रुपैयाँ महंगो पर्ला जुम्लाकै स्याउ खानु राम्रो । स्वदेशी उत्पादनलाई नै हामीले प्रोत्साहन गर्नु पर्छ । म त यही स्याउ अबदेखि खोजीखोजी खान्छु – लुँइटेलले भने ।
महोत्सवमा सहभागी मध्ये बुद्धशान्ति गाउँपालिका निवासी खगेन्द्र मैनालीले व्यवसायमा महोत्सवले आशा र उर्जा दुवै थपेको बताए । महोत्सवमा ब्यापार कति भयो भनेर हिसाव गर्ने भन्दा पनि हामीसंग पछिसम्म हुने गरी कति सेवाग्राही जोडिए भन्ने कुरा महत्वपूर्ण हुन्छ उनले भने – सेवाग्राही जोडिनु व्यवसायीका लागि ठूलो सम्पत्ति हो । यहाँ पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्मका व्यापारी व्यवसायी उपभोक्तासंग जोडिएका छन् । यो आफैमा खुशीको कुरा हो ।
महोत्सवमा सहभागी मध्ये उनीहरु प्रतिनिधि मात्र हुन् । उनीहरु जस्ता धेरैले महोत्सवको प्रशंसा गरेका छन् । महोत्सवमा बालवालिकादेखि वृद्धवृद्धा समेतको उल्लेख्य सहभागीता रहेने गरेको छ ।
प्रतिक्रिया