बिद्युतीय मोटर्स उत्पादनमा लगानी गर्दै विराटनगरका शिक्षासेवी पुरी

आइतबार, १४ फागुन २०७९
विराटनगर । विराटनगरमा शिक्षाका क्षेत्रका लगानीकर्ता टिकाराम पुरीले बिद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योग मोटर्स सञ्चालनमा ल्याउने भएका छन् । पुरीको एन.के. मोटर्स प्रा.लि.ले कोरियाको एसडीके कम्पनीसँगको सहकार्यमा बिद्युतीय सवारी उत्पादन गर्ने भएको हो । यसका लागि प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादन गर्न नेपालको एन.के.मोर्टस प्रा.लि.र कोरियाको एसडीके कम्पनीबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका हुन् । एन के मोटर्सका प्रबन्ध निर्देशक टिआर ढकालको उपस्थितीमा भएको सम्झौता अनुसार करिब तीन अर्ब रुपैयाँको द्धिपक्षीय लगानीमा कोरियन प्रविधिमा आधारित विभिन्न विद्युतीय सवारीसाधन उत्पादन गरिने छ । उद्योग स्थापनाका नेपालको प्रदेश १ भित्रकै उपयुक्त स्थानमा गरिने जानकारि दिँदै एनके मोटर्स प्र..लि.का अध्यक्ष पुरीले विद्यालय तथा कलेज बस र निजी तथा सार्वजनिक सवारिसाधनहरु यस कम्पनीले उत्पादन गर्ने बताएका छन् । उनका अनुसार यहि मार्चमा कोरियन कम्पनीको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरि उपयुक्त स्थानको छनौट गरिनेछ भने एक वर्षभित्र नै उत्पादनहरु बजारमा पठाउने लक्ष्य राखिएको छ । उनले नेपालमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएका बेला प्रदेशभित्र नै यस्ता सवारी साधनको उत्पादन गर्नका लागि यो प्रयास थालिएको भन्दै यसकालागि प्रदेश सरकारसँग पनि आवश्यक समन्वय गरिने बताएका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार