कोशी नदिमा  खुल्ला ढुङ्गा दौड प्रतियोगिता हुदै

आइतबार, १४ फागुन २०७९
वराहक्षेत्र। सुनसरीको बराहक्षेत्रमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता आयोजना हुने भएको छ । वराहक्षेत्र नगरपालिका वडा नं नम्बर २ स्थित सिसौली तारघाटको सप्तकोसी नदिमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ ) दौड प्रतियोगिता हुने भएको हो । नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति  सुनसरीकोको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन १५ गते सोमबार हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता बारे सोमबार प्रतियोगिता हुने स्थानमा पत्रकार भेटघाट आयोजना गरेर जानकारी दिएको थियो । १७ औं कोसी पुजा ( लदिपुजा ) अवसर प्रहिलो पटक कोसिमा उक्त  प्रतियोगिता सञ्चालन हुन लागेको माझी उत्थान संघ सुनसरीका अध्यक्ष घनश्याम माझीले जानकारी दिए । आफ्नो जातीय संस्कृती साथै माझीहरुको प्राचीन पेशा ढुङ्गा नाउ लाई संरक्षण गर्न सचेत गराउने उदेश्यका साथ ढुङ्गा (नाउ) प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष माझीले जानकारी दिए । वराहक्षेत्र नगर खेलुकद विकास समितिसँगको सहकार्यमा हुने प्रतियोगिताको बिजेताले  नगद १५ हजार प्राप्त गर्ने छन्  । यस्तै उपविजेताले १० हजार तथ तृतीय हुनेले  ५ हजार  नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार