बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

शनिबार, २६ असोज २०८१
सुदूरपश्चिम : कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । उनले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ । गएराति नै धनगढी क्षेत्रबाट बझाङ केदारस्यू गाउँपालिका–२ का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका–१४ का १९ वर्षीय आकाश मगरलाई लागूऔषध खैरोहिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार