इटहरी : धरान उपमहानगरपालिकाको कार्यवाहक मेयरको विषयलाई लिएर उच्च अदालत विराटनगरमा परेको रिटमा मंगलबार (आज) भएको सुनुवाइमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । अदालतले यसअघि कात्तिक ४ गते दिए सो आदेश दिएको थियो ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरेश कुमार चौधरीको संयुक्त इजलासबाट सोही आदेश कार्यान्वयन गर्न पुनः आदेश जारी गरेको हो ।
उच्च अदालतले अन्तरिम आदेश दिएसँगै उपप्रमुख अईन्द्रबिक्रम बेघाले नगर प्रमुखले गर्ने कानुन बमोजिमका कार्य गर्ने भएका छन् ।
मेयर हर्क साम्पाङले उपमेयर हुँदाहुँदै ११ नं. का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए । तर, उच्च अदालत विराटनगरले कात्तिक ४ गते नै उक्त जिम्मेवारी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
अदालतले अल्पकालीन अन्तरिम आदेशलाई दिएको निरन्तरता र पत्रको आधारमा कार्यवाहक बनेका वडाध्यक्ष जिम्मेवारीबाट अलग भएपछि स्थानीय सरकार सञ्चालन ऐन बमोजिम धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यभार उपप्रमुख बेघाले सम्हालेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपप्रमुखको कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४ को (ख) को २ मा भएको विद्यमान व्यवस्थामा गैर कानुनी भएकोले उच्च अदालतले दिएको उनको भनाइ छ ।
आइतबार उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिएका थिए ।
प्रतिक्रिया