आईसीसी विश्वकप लिग २: अमेरिकाविरुद्ध दोस्रो खेलमा पनि नेपाल पराजित

आइतबार, १८ कार्तिक २०८१
काठमाडौँ : अमेरिकामा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग दोस्रो खेलमा पनि पराजित भएको छ। नेपाल अमेरिकासंग ३७ रनले पराजित भएको हो । यसअघि लिग २ को पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । अमेरिकाको डालस स्थीत ग्राण्ड पेरी क्रिकेट रंगशाला भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो। जवाफमा नेपाल ४९.५ ओभरमा २४४ रनमा सबै विकेट गुमाउँदै ३७ रनले पराजित हुन पुगेको हो। नेपालका लागि सबै भन्दा वढि ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे। त्यसैगरी नेपालले अर्का ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो। दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए। कुशल भुर्तेल २९ रनमा बोल्ड आउट भए । कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए। सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले पनि  नेपालले खेल आफ्नो पक्षमा पार्न सकेन। दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए। अमेरिकाका सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली २/२ तथा जसदीप सिंह र हरमीत सिंहले १/१ विकेट लिए। यस अघि पहिला व्याटिङ गरेको  अमेरिकाका लागि सबै भन्दा वढि साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए। कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्कासहित ६७ रन बनाए।हरमीत सिंहले ४४ बलमा ३ चौका र ३ छक्कासहित ५९ रनको योगदान दिए। नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए । अमेरिका भ्रमणमा रहेको नेपालले अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार