मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने

आइतबार, १८ कार्तिक २०८१
काठमाडौँ : बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गर्नुभयो । मङ्गलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हँुदै जाने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार