इटहरीका गंगा गछिया खोलामा मृत भेटिए

मंगलबार, २० कार्तिक २०८१
विराटनगर । सुनसरीको इटहरी घर भएका एक जना पुरुष मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मन्दिर टोलीस्थित गछिया खोलाको किनारमा मंगलबार बिहान मृत भेटिएका छन् । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–१० घर भएका ५० वर्षीय गंगा विक मृत फेला परेका हुन् । गंगा करिब ६/७ वर्षदेखि सुन्दरहरैँचा–६ का बालकृष्ण राईको घरमा बस्दै आएको प्रहरीले पत्ता लगाएको छ । खोला किनारमा बिहान ६ः४० बजेतिर शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी चौकी गछियाबाट तत्काल घटनास्थल पुगेको सइ राजकुमार थापा नेतृत्वको टोलीले घटनास्थल सुरक्षित राख्यो । मृतकको पहिचान तत्काल खुलेको थिएन । मृतककै भाउजू सनमाया विकले सनाखत गरिदिएपछि शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ । गंगाको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार