झापा : मितेरीले बिरामीलाई काठमाडौँसम्म सुतेर जान मिल्ने सिल्पर सिटसहितको प्रविधि मैत्री थप दुई वटा बस आजदेखि सञ्चालनमा ल्याएको छ ।
मितेरी यातायात एण्ड अटो प्रालिले शुक्रवार चारआली स्थित पाउ पाथीभरा मन्दिरमा पूजा गरेर बिरामी सुतेर यात्रा गर्न मिल्ने अत्याधुनिक प्रविधि मैत्री बस सञ्चालनमा ल्याएको हो ।
यात्रुहरूका लागि काँकडभिट्टादेखि काठमाडौँसम्म ४ वटा सिटमा सुतेर आरामले यात्रा गर्न मिल्ने सिल्पर सिटसहितको ४१ वटा सोफा सिट, सिसि क्यामेरा, वाई फाई, वातानुकुलित, हिटर लगायतका सुविधाहरू रहेका छन् ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष समेत रहेका मितेरी यातायात एण्ड अटो प्रालिका सञ्चालक सदस्य हेमराज दाहालले मितेरीका ३० वटा बढी गाडीहरू देशका कुना काप्चासम्म यात्रु वर्गलाई सेवा दिई रहेको जानकारी दिए ।
यात्रुको ढिकीमा राखिएका सामानहरू साटिने, हराउने सम्भावनालाई मध्यनजर गरेर गाडीको सबैतिर सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको दाहालले बताए ।
उक्त बस काँकडभिट्टा, बिर्तामोड र इलामदेखि काठमाडौँ, धनगढी, नेपालगन्ज, भैरहवा, बुटवल, पोखरा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, वीरगन्ज लगायत सबै ठाउँमा यात्रुहरूलाई सुविधा प्रदान गरिएको बताइएको छ ।
प्रतिक्रिया