झापा: नेपाल प्रहरीले ७०औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्कालाई पुरस्कृत गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीसमेत रहेका डीएसपी खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालले उत्कृष्ट कार्यको कदर स्वरूप पुरस्कृत गरेको हो। उनीलाई बन्द, हड्ताल, जुलुस नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा देखाएको उत्कृष्ट नेतृत्व र योगदानका आधारमा सम्मान गरिएको हो।
काठमाडौंमा आयोजित विशेष समारोहका बीच नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्र कुवेश खापुङले डीएसपी खड्कालाई सम्मानपत्र प्रदान गरेका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी संगठनप्रतिको समर्पण, जिम्मेवार कार्यशैली र जनसेवाप्रतिको प्रतिबद्धता प्रदर्शन गर्ने खड्काजस्ता अधिकारीले संस्थाको विश्वसनीयता र कार्यदक्षता वृद्धि गर्न उल्लेखनीय भूमिका खेलेका छन्।
प्रतिक्रिया