इलाम : इलामको रोङ गाउँपालिका–२ लामकटेरीमा एक युवाको समाधिस्थल खोतलिएको घटनाले स्थानीयवासी स्तब्ध भएका छन् ।
रोङ–२ का वडाध्यक्ष चन्द्रशेखर घिमिरेका अनुसार स्थानीय बालकुमार राईका २२ वर्षीय अपांगता भएका छोरा राम राईको निधनपछि हिजो मात्रै घर नजिकै अन्त्येष्टि गरी समाधि बनाइएको थियो । तर आज बिहान उक्त समाधिस्थलको कपुर तोडफोड भएको अवस्थामा फेला परेको हो ।
घटना सार्वजनिक भएपछि रोङ–१ का वडाध्यक्ष मनोहरी खड्का र रोङ–२ का वडाध्यक्ष चन्द्रशेखर घिमिरेसहित जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको उपस्थितिमा स्थलगत निरीक्षण गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि समाधिस्थलको कपुर मात्र खोतलिएको र अन्य कुनै क्षति नभएको वडाध्यक्ष घिमिरेले जानकारी दिए ।
सम्बन्धित परिवार र प्रहरीको रोहवरमा समाधिस्थल पुनःस्थापना गरिएको स्थानीय शैलेश भट्टराईले बताए । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रतिक्रिया