मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु

बुधबार, ०२ पुस २०८२
मधेश प्रदेश सभाको बैठक

जनकपुर :  रिक्त रहेको मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु भएको छ । आज बुधबार बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउतले रिक्त रहेको सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी हुन् । 

उपसभामुख राउतले आगामी पुस ६ गते आईतबार सभामुख पदका लागि निर्वाचन हुने जानकारी दिएकी छन् । उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएको जानकारी दिइन । 

गत मंसिर ३ गत्ते तत्कालिन सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोग बहुमतले पारित भएदेखि मधेश प्रदेशमा सभामुखको पद रिक्त रहदै आएको छ ।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार