मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

बुधबार, ०२ पुस २०८२
फाइल फोटो

बनियानी  :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधार लगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताएका छन् । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने भुल्का मार्गको  उद्घाटन गर्दै अध्यक्ष  लिङ्देनल हरेक दृष्टिकोणले नेपाल सम्पन्न भएको वताएका हुन् । 

“विश्वका धेरै मुलुकहरूले फड्को मारिसकेको अवस्थामा नेपाल नबन्नुपर्ने कारण छैन भन्दै अध्यक्ष लिङ्देनले यहाँ प्राकृतिक स्रोत पर्याप्त छ, हामी सांस्कृतिक सम्पदामा धनी छौँ ।  स्रोतको सही सदुपयोग गर्दै परिणाम प्राप्त गर्न मुलुकको शिक्षा, नीति, राजनीति र नेतृत्व परिवर्तन गर्न आवश्यक छ लिङ्देनले भने ।  

शिक्षा नीति, राजनीति र नेतृत्व सही भएमा देश पाँचदेखि १० वर्षमा बन्ने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार नियन्त्रण गरेर असल सोचका साथ सबैले सकारात्मक समन्वय गरी देश विकासमा लाग्नुपर्नेमा जोड दिए । सात–आठ वर्ष अघि कालोपत्र सडक हेर्न छिमेकी पालिका बिर्तामोड र भारत जानुपर्ने अवस्थाका थियो भन्दै लिङ्देनले अहिले हल्दिबारीका सबै मुख्य सडकहरू कालोपत्र भइसकेको र विकासको चरणमा रहेको वताए ।
ू 
कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले झापाका १५ वटा स्थानीय तहमध्ये हल्दिबारी गाउँपालिकामा सबैभन्दा कम बजेट प्राप्त हुने गरेको बताउँदै सोही कारणले आन्तरिक आम्दानी पनि कम हुने गरेको गुनासो गरे । उनले प्राप्त बजेटका आधारमा विकास, निर्माणलाई सन्तुलित रूपमा अघि बढाउँदै लगेको जानकारी गराए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दिबारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष देवीबहादुर थापा, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस हल्दिबारीका कोषाध्यक्ष राजेन्द्र ओलीले आ–आफनो धारणा राखेका थिए । सङ्घीय सरकारको  एक करोड १० लाख र गाउँपालिकाको  एक करोड ५५ लाख ४३ हजारको लागतमा दुई हजार ३३० मिटर कालोपत्र र ३१० मिटर इन्टरलक सडक निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले जानकारी दिए । एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०८१ माघ २८ गते पार्वता पार्वती–अम्बिका ग्लोबल भिमेश्वर जेभीले सडक निर्माणको ठेक्का पाएको थियो । निर्माण अवधिभन्दा दुई महिना अगावै काम सम्पन्न गरेकामा निर्माण कम्पनीका सञ्चालक हरि भट्टराईलाई सम्मान गरिएको थियो ।

हल्दिबारी–१ स्थित ओमचोकबाट वडा नं ५ को धनुषा आविसम्म निर्माण सम्पन्न भएको उक्त सडकलाई ‘भुल्का मार्ग’ नामकरण गरिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार