काठमाडौँका यी पाँच क्षेत्रमा भोलिदेखि दुई महिनासम्म धर्ना,जुलुस प्रदर्शन गर्न नपाउने

शुक्रबार, ३१ असोज २०८२

काठमाडौँ : काठमाडौँका विभिन्न पाँच क्षेत्रमा आगामी दुई महिनासम्म प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोध कार्यक्रम गर्न नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार जारी गरेको आदेशअनुसार भोलि (शनिवार)देखि लागू हुने गरी पाँच स्थानमा पाँच जनाभन्दा बढी भेला भई कुनै पनि प्रकारका विरोध कार्यक्रम आयोजना गर्न रोक लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको आदेशमा भनिएको छ— “विरोधका कार्यक्रमका क्रममा भीड उत्तेजित भई तोडफोड, आगजनी, उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने, आपसी मुठभेड, भिडन्त, हुलदङ्गा वा अशान्ति सिर्जना हुने सम्भावना भएकाले यी गतिविधि निषेध गरिएको हो।”

आदेशको अवज्ञा गरी तोकिएका क्षेत्रमा प्रदर्शन वा सभा जुलुस आयोजना गरिएमा त्यसबाट हुने सरकारी वा निजी सम्पत्तिको क्षतिपूर्ति आयोजकहरूबाटै असुल–उपर गरिने चेतावनीसमेत दिइएको छ।

विरोध प्रदर्शन निषेध गरिएका क्षेत्रहरूमा शीतल निवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार र नारायणहिटी दरबार सङ्ग्रहालय तथा आसपासका क्षेत्र समावेश छन्।

11-768x994

22-768x994

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार