कोशी प्रदेशका मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिँदै

बुधबार, २१ कार्तिक २०८१
विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिने भएका छन् । उनले आज (बुधबार) पदबाट राजीनामा दिने तयारी छ । स्रोतका अनुसार बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवाद भएपछि उनले राजीनामा दिन लागेका हुन् । अहिले केहीबेरमा मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएको घोषणा गर्दै छन् । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ । तर, मन्त्री अधिकारी मन्त्रिपरिषद्को निर्णय बिना नै जापान पुगेर फर्किएपछि आलोचित भएका थिए । उनको जापान भ्रमण कूटनीतिक मर्यादाविपरीत थियो । जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारी गत कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा जापान गएको बताइन्छ । ‘जापान गएको विषयमा विवाद भएपछि मन्त्री ज्यूले पदबाट राजीनामा दिन लाग्नु भएको हो,’ उनीनिकट स्रोतले भन्यो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार