कोशीका मन्त्री लीलाबल्लभ अधिकारीले दिए राजीनामा

बुधबार, २१ कार्तिक २०८१
विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगरी जापान गएको विषय विवादमा परेपछि उनले बुधबार राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाइसकेको जानकारी दिएका छन् । राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले अहिले नैतिकताको खडेरी लागेकोसमेत बताए । उनले भने, ‘मेरोबारे टिप्पणी भएकाले नैतिकताको आधारामा राजीनामा दिएको हुँ । नैतिकताको खडेरी लागेको बेलामा मैले राजीनामा दिएको हुँ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार