गठबन्धनकै निरन्तरता - एकीकृत समाजवादी

मंगलबार, १३ मंसिर २०७९
नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई आगामी दिनका लागि समेत निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको हो । सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने सबै नतिजा आइसकेपछि गरिने जानकारी बताइएको छ । अर्को प्रसंगमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार