पूर्व मन्त्री जोडिएको मानव तस्करी प्रकरण : तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

शुक्रबार, १४ मंसिर २०८१
काठमाडौँ : कोशी प्रदेशका पूर्व मन्त्री लीलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीको घटनामा तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौँले नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरेको हो। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार