कांग्रेस कोशी प्रदेशको सम्मेलन डा. शेखर कोइरालाले बहिष्कार गर्ने

शुक्रबार, २१ मंसिर २०८१
इटहरी : नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलन शनिबार हुँदैछ । उक्त सम्मेलनको उद्घाटनका लागि पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै आइसकेका छन् । विराटनगरमा हुन लागेको सम्मेलनमा कांग्रेस नेता डा. शेखर कोइरालाले भने बहिष्कार गर्ने भएका छन् । खासगरी शेखरले सभापतिपछिको वरियतामा आफू हुनुपर्ने माग राखेका थिए । तर, पार्टीको केन्द्रीय वरीयता निर्धारण अनुसार मर्यादाक्रम राखिने भएपछि कोइरालाले प्रदेश सम्मेलन बहिष्कार गरेर चितवन जान लागेका हुन् । कोइरालाको सचिवालयका अनुसार चितवनमा हुने दुईवटा शोकसभामा उनी सहभागी हुनेछन् । सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरियतामा छन् । आफूलाई वरिष्ठ नेताको रूपमा दाबी गर्दै आएका डा. कोइरालालाई पार्टीले भने वरिष्ठको योग्यता भने दिएको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार