कोशीका पूर्वमन्त्री अधिकारीबारे दरपिठ विरुद्धको निवेदनमा आज सुनुवाइ हुँदै

आइतबार, २३ मंसिर २०८१
काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारी विरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालय विरुद्धको रिट दरपिठ विरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ । जापानमा मानव तस्करी काण्डमा जोडिएपछि अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । सो काण्डमा मुछिएका अन्य ११ जना विरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । प्रहरीले अधिकारी सहित १२ जनालाई तीन वटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको भएता पनि उक्त काण्डमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार