काठमाडौं : वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले नेपाल प्रेस युनियनको सल्लाहकारबाट राजीनामा दिएका छन् ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा असन्तुष्टि जनाउँदै उनले आफूसँग निर्वाचनको विषयमा कुनै सल्लाह नगरिएको बताए । सल्लाह नलिने, सल्लाह नमान्ने र सल्लाह नै आवश्यक नपर्ने ठाउँमा सल्लाकार भन्दै बसिरहनुको तुक नभएकाले राजीनमा दिएको उनको भनाइ छ ।
“मेरा आत्मीयजनलाई जानकारी–सल्लाह नलिने, सल्लाह नमाग्ने र सल्लाह आवश्यक नै नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको के तुक भयो र ? छोडियो । साथीहरूसँग रहिरहन त पदै किन चाहियो ? म सधैँ मेरा साथीहरूसँगै छु र रहिरहनेछु । मेरो कसैप्रति कुनै गुनासो छैन । जे छ, आफैसँग छ ।” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनका अध्यक्ष शिव लम्सालसहितको समूहले आफूखुशी निर्णय गरेको र सल्लाहसमेत नमानेको भन्दै युनियमा असन्तुष्टि बढेको छ ।
प्रतिक्रिया