काठमाडौं : सवारी ज्यान सम्बन्धी कसुरमा झाँक्री प्रकाश भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
गत कात्तिक २८ मा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। सो घटनामा संलग्न रहेका भुजेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
प्रतिक्रिया