जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु

विहीबार, २७ मंसिर २०८१
जाजरकोट : जाजरकोटको नलगाड ३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजार बाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राती ९ बजे बासकोटको मोडवाट सडक वाट करिब ८ सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख निरीक्षक हरिराम डाँगीका अनुसार मृत्यु हुनेमा गाडी चालक इन्द्रजीत थापा,सीलापुन, लक्ष्मी पुन,लक्ष्मी पुनको छोरा, शारदा थापा, रहेका छन । जिप मा सवार सात जना मध्य २ जना घाइते रहेको र उनीहरूको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको डाँगीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार