दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न अदालतको आदेश

विहीबार, २७ मंसिर २०८१
काठमाडौँ : साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईँमाथि आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा भने अनुसन्धान जारी रहेकाले उनी छुट्न नपाउने भएका छन् । जिल्ला अदालत काठमाडौँमा बुधवार प्रसाईँविरुद्ध मुद्दा दायर भएको थियो । प्रसाईँमाथि आपराधिक विश्वासघात र सङ्गठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी रहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरू परिचालन गरी धाक धम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरू फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईँ मङ्सिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार