आज नेपाल पत्रकार महासंघको देशभर निर्वाचन

शुक्रबार, २८ मंसिर २०८१
इटहरी : नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको आज तीनै तहको देशभर चुनावी साधारणसभा हुँदैछ । केन्द्रीय समिति, प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि विहान १० बजेबाट अपरान्ह ४ बजेसम्म मतदान हुने भएको हो । तीनै तहको नेतृत्व छनोटका लागि जिल्लातहबाट नै मतदान गरिन्छ हुन्छ । यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ । केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गरिएको छ । मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ व्यवस्था गरिएको छ । यो पटकको निर्वाचनमा सत्तापक्षमा आवद्ध नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारी नेपालको गठबन्धन छ । सत्ता पक्षबाहेकको अर्को गठबन्धन गरी मुख्यतः दुई गठबन्धनबीच देशभर चुनावी प्रतिष्पर्धा छ । त्यसमा सत्तापक्ष गठबन्धनको अवस्था बलियो देखिन्छ । केन्द्रीय अध्यक्षका लागि ४ जनाको उम्मेदवारी केन्द्रीय समितिको अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन । निर्मला शर्मामार्फत पहिलो पटक महिला अध्यक्ष बन्ने प्रबल सम्भावना रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार