इटहरी । जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचामा एक महिला महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका ७ की ४० वर्षीया गंगा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
सुन्दरहरैँचा ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितीको जंगलमा दाउरा खोज्न गएको अवस्थामा श्रेष्ठलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा पुर्याएर चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया