अर्जुनधाराका एक वृद्धको  भिरबाट खसेर मृत्यु

सोमबार, ०७ पुस २०८२
सांकेतिक फोटो

झापा :  झापाको लाप्चेटारमा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ का यमबहादुर मगरको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो । 
आइतवार साँझ आफनो पुरानो घर जाने भनेर हिडेका मगर घर नफर्किएपछि परिवार र स्थानीयले खोजतलास सुरु गरेका थिए । खोजतलासका क्रममा शान्ति सामुदायिक वनभित्र पर्ने करिब ६० देखि ७० फिट अग्लो भिरबाट खसेर मगरको मृत्यु भएको प्रहरीको  प्रारम्भिक अनुसन्धानले देखाएको जनाइएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै घटनाबारे थप अनुसन्धान सुरु गरेको समेत जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार