मोरङ : नेकपा एमाले का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन् । एमालेको सचिव निर्वाचित भएपछि पहिलो पटक विराटनगर आइपुगेका राईले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुने तर हालसम्म चुनावको वातावरण सरकारले नबनाएको आरोप लगाएका हुन् ।
कोशी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताएका छन् । उनले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने जानकारी गराए ।
प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग एकदुई दिनमा छलफल हुने समेत एमाले सचिव राईले जानकारी दिए ।
प्रतिक्रिया