जेन–जी आन्दोलनका बेला फरार थुनुवा चार महिनापछि पक्राउ

सोमबार, ०७ पुस २०८२
सांकेतिक फोटो

झापा : इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट फरार सवारी ज्यान मुद्धाका थुनुवा चार महिनापछि पक्राउ परेका छन । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट फरार भएका थुनुवा तेह्रथुमको लालिगुँरास नगरपालिका वडा नम्बर ४ का आङदावा शेर्पा पुनः पक्राउ परेका हुन् । 

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्ष भागेका सवारी ज्यान मुद्दाका थुनुवा शेर्पालाई प्रहरीले आज दमकबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । विशेष सूचनाका आधारमा शेर्पालाई प्रहरीले पक्राउ गर्न सफल भएको समेत जनाइएको छ । पुनः पक्राउ परेका शेर्पालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न  इलाका प्रहरी कार्यालय  दमकमा राखिएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार