झापा : भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा चितवन कारागारबाट फरार भएका बन्दी विवश रोक्का पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई बुधबार दिउँसो झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका रोक्का झापा जिल्लाको शिवसताक्षी नगरपालिका–८ निवासी २७ वर्षीय युवक हुन्। उनी ‘सालकको अखेटोपहार’ (सालकको तस्करी सम्बन्धी) मुद्दामा कारागारमा थुनामा रहेका थिए।
आन्दोलनको भीड र अशान्त वातावरणको अवसर पारेर उनी फरार भएका थिए।
प्रहरीले गोप्य सूचनाका आधारमा उनको घर वतनमै खोजतलास गर्दा पक्राउ गरेको जनाएको छ। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फरार अभियुक्तलाई पुनः कारागार चलान गर्ने प्रक्रिया अघि बढाइएको छ।
प्रतिक्रिया