राष्ट्रिय सभा निर्वाचनमा आफु प्रतिस्पर्धी नहुने : काँग्रेस नेता शिवाकोटी

सोमबार, ०७ पुस २०८२
फाइल फोटो

झापा : नेपाली काँग्रेस झापाले राष्ट्यि सभा निर्वाचनका लागि नाम सिफारिस गरेका सुधिरकुमार शिवाकोटीले प्रतिस्पर्धी नहुने वताएका छन् । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी झापा काँग्रेसले  १५ जना नेता कार्यकर्ताको नाम सिफारिस गरेर केन्द्रलाई पठाएको थियो । काँग्रेस झापाका पुर्व सभापति समेत रहेका शिवाकोटीले आफु राष्ट्रिय सभा सदस्यको दौउडमा नरहेको घोषणा गरेका हुन् । 

संविधान सभा सदस्य समेत रहेका शिवाकोटीले पार्टीले नाम सिफारिस गरे पनि अब संसदीय जिम्मेवारीमा नजाने जानकारी गराएका छन् । राष्ट्रियसभामा सिफारिसमा परेका  शिवाकोटी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् । नेपाली कांग्रेस झापाको दुईपटक सभापति भएका शिवाकोटी पञ्चायतकालमा इलाम जिल्ला स्थानहद नजरबन्द, पटक–पटक हिरासत, शाही शासनकालमा सैनिक हिरासतमा कठोर शारीरिक यातना भोगेका ब्यक्ति हुन् । शिवाकोटीले शालिन, भद्र र स्वच्छ छवि भएका नेताको  परिचय बनाएका छन् । 

नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय भाफाले सुधिरकुमार शिवाकोटी, शेरबहादुर भट्टराई, दयानन्द गोस्वामी, हर्कलाल गिरी, यामप्रसाद भण्डारी, ओमप्रकाश सरावगी, टीकाप्रसाद प्रसाई, अनिलकृष्ण प्रसाई, केदारनाथ ढकाल, ओम विमली, प्रेम भट्टराई, राधा सुब्बा, नौतली राजवंशी, नीता पुरी र विनकुमार विश्वकर्माको नाम राष्ट्रिय सभा सदस्यका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस पठाएको थियो ।

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशका जिल्लाहरुबाट नेपाली काँग्रेसकोतर्फबाट   उम्मेदवार बन्न १३१ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेर पठाइएको छ । राष्ट्रिय सभाको आसन्न निर्वाचनले कोशी प्रदेशबाट तीन जना निर्वाचित हुने छन् । जसका लागि दलहरु विच तालमेल हुने सम्भावना समेत रहेको छ ।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार