काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बस्नेतविरुद्ध दुई कसुरमा आइतबार मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार गरेको सम्बद्ध कसूर भई सम्पत्ति शुद्धीकरण सम्बन्धीसमेत कसूर गरेको सम्बन्धमा आयोगले कँडेलबाट १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरेको छ ।
बस्नेतसहित उनकी पत्नी उर्मिला बस्नेतविरुद्ध पनि मुद्दा लागेको छ ।
बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालिका संचालकरअध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानूनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री समेत गरी सम्पत्ति शुद्धीकरण गरेको उजुरी आयोगमा परेको थियो ।
यस्तो छ आरोप पत्रको विवरणः
प्रतिक्रिया