काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रूपमा नलिएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै महासङ्घले माघ ३ गतेदेखि २१ गतेसम्म आन्दोलन गर्ने घोषणा गरेको हो ।
निर्माण उद्योगमा एकपछि अर्को गरी जटिल समस्याहरू देखा परी निर्माण उद्योग पूर्ण रूपमा धराशायी हुने निश्चित भएकाले निर्माण उद्योगका तमाम समस्या समाधानका लागि नेपाल निर्माण व्यवसायी महासङ्घ समेतको प्रतिनिधित्व रहने गरी निर्माण उद्योगलाई बचाउनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राखेको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम१. मिति ः २०८१-१०-०३ देखि २०८१-१०-७ सम्म महासंघले सम्माननीय प्रधानमन्त्रीज्यू, विकास मन्त्रालयका माननीय उपप्रधानमन्त्रीज्यूहरू, माननीय मन्त्रीज्यूहरू, विभिन्न राजनीतिक दलका अध्यक्षहरू, सम्बन्धित् संघीय सरकारी निकायहरूमा, प्रदेश महासंघले सम्बन्धित प्रदेश माननीय मुख्यमन्त्रीज्यूलाई र जिल्ला संघले सम्बन्धित् प्रमुख जिल्ला अधिकारीज्यूलाई माग पूरा गराउन मिति ः २०८१-१०-१५ सम्मको अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउने ।२. मिति ः २०८१-१०-१८ गते राजधानीको माइतीघर मण्डलामा धर्ना दिने ।३. मिति ः २०८१-१०-२० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने ।४. मिति ः २०८१-१०-२१ देखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरू ठप्प पार्ने ।५. तत्पश्चात् पनि माग पूरा नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने ।
प्रतिक्रिया